Tuesday, December 24, 2024
Homeफिचरकोशीको मन्त्रिमण्डल बिस्तार, २ राज्यमन्त्रीसहित १० सदस्यीय

कोशीको मन्त्रिमण्डल बिस्तार, २ राज्यमन्त्रीसहित १० सदस्यीय

विराटनगरः शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले ७ जना मन्त्री र २ राज्यमन्त्री समावेश गरी १० सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ ।

सो मन्त्रिमण्डलमा एमाले र माओवादी सांसदहरू सामेल छन् । जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर र भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती नियुक्त हुनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त हुनुभएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री आफैँले राख्नुभएको छ ।

सिर्जना राई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीहरुको शपथग्रहण सम्पन्न भइसकेको छ ।

झाँगड समुदायबाट सुनसरीका शिवनारायण उराव यसअघि संविधानसभा सदस्य हुनुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments