-
काठमाडौंः मन्त्रिपरिषद्को बैठकले आज पाँच वटा निर्णय गरेको छ । यी हुन् ती पाँच निर्णयहरु
१. सरकारले जलवायु परिवर्तनअनुकूलन कार्यक्रम कार्यान्वयनका निम्ति फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।२. नेपाल प्रशासन सेवा समूहीकरणअन्तर्गतको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ । पौडेल हाल मधेस प्रदेशको कायममुकायम सचिवका रूपमा कार्यरत हुनुहुन्छ ।
३. बैठकले नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको छ ।
४. नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ ।५. न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिएको छ । खड्का यसअघि पनि सो समितिको अध्यक्ष हुनुहुन्थ्यो ।