विराटचोकः सुकुना बहुमुखी क्याम्पस नेपाली शिक्षण विभागको आयोजना तथा सुन्दरहरैँचा नगरपालिकाको संयोजनमा सुकुना बहुमुखी क्याम्पस मोरङमा २ दिने रेडियो उद्घोषण तालिम सम्पन्न भएको छ ।
क्याम्पसका १ सय २२ जना विद्यार्थी सहभागी तालीममा रेडियोकर्मी, साहित्यकार तथा प्राध्यापक हेम भण्डारीले प्रशिक्षण दिनुभएको थियो । तालीमको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले गर्नुभएको थियो ।