गोठगाउँः जौको सातु र सर्बत खाने दिन आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया हो । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा अक्षय शुभ फल मिल्ने धार्मिक विश्वास छ ।
प्राचीनकालदेखि नै अनेक किसिमका विशेष कार्यहरू भएका हुनाले आजको दिनलाई विशेष दिनको रुपमा मान्न थालिएको पाइन्छ । पौराणिक कथनअनुसार आजकै दिनदेखि त्रेता युगको शुरु भएको हो ।
भगवान परशुरामको जन्म भएको दिन पनि आजै हो । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । आजकै दिन शिव–पार्वतीको विवाह भएको पौराणिक मान्यता पनि छ ।