काठमाडौंः सरकारले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ । मंगलबार मध्यरातदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य हेरफेर भएको हो ।
नेपाल आयल निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँले घटेर १५९ रुपैयाँ कायम भएको छ । आन्तरिक हवाई ईन्धन प्रति लिटर १ रुपैयाँले बढेर १३७ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर ७ डलरले वृद्धि भएर १०४२ डलर पुगेको छ ।
पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।