Tuesday, December 24, 2024
Homeफिचरआज अन्तर्राष्ट्रिय मजदुर दिवस

आज अन्तर्राष्ट्रिय मजदुर दिवस

गोठगाउँः आज अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विगतमा हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गर्छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।

सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । नेपाल सरकारले २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सार्वजनिक बिदा दिन थालेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments