Tuesday, December 24, 2024
Homeअर्थ५ वर्षपछि तेस्रो लगानी सम्मेलन

५ वर्षपछि तेस्रो लगानी सम्मेलन

काठमाडौंः झण्डै ५ वर्षपछि आजदेखि तेस्रो लगानी सम्मेलन शुरु हुँदैछ । सम्मेलनमा ५५ राष्ट्रका १ हजार ६ सयभन्दा बढी लगानीकर्ताहरुले सहभागिता जनाउने बताइएको छ ।

नेपाल लगानी बोर्डका अनुसार देशमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित आयोजना गर्न लागिएको सम्मेलनमा स्थानीय, प्रदेश, संघका ११९ परियोजना रहेका छन् । निजी क्षेत्रका ३१ परियोजना रहेका छन् ।

सम्मेलनमा ९ खर्ब बराबरको परियोजना प्रस्तुत गरिने बताइएको छ । गत मंगलबार बसेको लगानी बोर्डको ५८ औँ बैठकले लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने लगायतका सरकारी तथा निजी गरी १४८ परियोजनाको सूची स्वीकृत गरेको थियो । त्यसपछि विमानस्थलका दुई परियोजना थप गरिएको बोर्डले जनाएको छ ।

सम्मेलनमा ६ वटाभन्दा बढी सत्र सञ्चालन हुने बोर्डले जनाएको छ । सम्मेलनमा यातायात, खानी तथा खनिज, पर्यटन, स्वास्थ्य, शिक्षा, उर्जा, उत्पादन, लगायतका विभिन्न क्षेत्रका परियोजनाहरु रहेका छन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments