गोठगाउँः प्रधानमन्त्री पुष्पकमल दाहालले सुन्दरहरैंचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाउँदै ३०० शैय्याको सुविधासम्पन्न अस्पताल सञ्चालनको प्रक्रिया पनि अघि बढ्ने बताउनुभएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय यसअघि सरकारले गरिसकेको भए पनि मापदण्ड अनुसार विश्वविद्यालयको आफ्नै अस्पताल नहुँदा प्रक्रिया अगाडि बढ्न नसकेको बताउनुभयो ।
सो मेडिकल कलेज सञ्चालनको निर्णय कार्यान्वयन गर्न सुविधायुक्त अस्पतालको लागि पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गर्ने बताउनुभएको हो ।