इटहरीः नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको छैटौ विस्तारित बैठकले सुनसरी संयोजकमा बिकल पौडेललाई चयन गरेको छ ।
केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्ययतामा सम्पन्न कोशी प्रदेश कमिटीको बैठकले ३ महिनाभित्र जिल्ला अधिवेशन सक्ने गरी पौडेललाई संयोजकको जिम्मेवारी दिएको हो ।