आज सुन र चाँदी दुवैकाे भाउ घटेकाे छ । सुनकाे भाउ ताेलामा ११०० रुपैयाँ र चाँदीकाे भाउ ताेलामा ३५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला एक लाख ३८ हजार २०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
आइतबार सुनको भाउ स्थिर रहेको थियो । शुक्रबार सुनकाे भाउले नयाँ रेकर्ड कायम गरेकाे थियाे ।
साताको दोस्राे कारोबार दिन, चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ ।








