Tuesday, December 24, 2024
Homeफिचरचैत महिनाको सर्वोत्कृष्ट प्रहरी नवीनकृष्ण भण्डारी र विशाल लिम्बू

चैत महिनाको सर्वोत्कृष्ट प्रहरी नवीनकृष्ण भण्डारी र विशाल लिम्बू

विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारी र जिल्ला प्रहरी भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूलाई २०८० चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

प्रहरी नायब उपरीक्षक भण्डारीले सुनसरीको हरिनगर गाउँपालिका–२ का आशिफ अन्सारीको पैसा भएको झोला लिएर भागेको घटना अनुसन्धान गरी मोहम्मद इब्रान मन्सुरी मियाँ र उमेश मुखियालाई पक्राउ गरेका थिए ।

हरिनगर–३ मा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवादलाई प्रभावकारी प्रहरी परिचालन गरी जनधनको क्षति हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

भण्डारीले तेस्रो पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालको सुरक्षामा प्रभावकारी प्रहरी परिचालन गरेकोमा उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुरको अरुण गाउँपालिका–४ का सौरभ तामाङलाई झापाको काँकरभिट्टाबाट पक्राउ गरेका थिए ।

आमचोक गाउँपालिका–७ मान्द्रे भीरबाट खसेर हस्तबहादुर मगर मृत्यु भएको घटनाको अनुसन्धान गरी त्यसमा संलग्न पदमबहादुर मगरलाई भरुवा बन्दुक २ थान सहित पक्राउ गरेका थिए ।

मोटरसाइकल चोरीको घटनामा भोजपुर–५ का चन लामा भन्ने छिरिङ ग्याम्बोलाई पक्राउ गर्न सफल भएकोमा त्यसको उच्च मूल्याङ्कन गर्दै ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो ।

उत्कृष्ट घोषित प्रहरीको फ्लेक्स बनाएर क स्तरका इलाका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राख्ने गरिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments