Friday, December 5, 2025
Homeअर्थवित्तसाइपाल गाउँपालिकाः वाणिज्य बैंक नपुगेको एक्लो पालिका

साइपाल गाउँपालिकाः वाणिज्य बैंक नपुगेको एक्लो पालिका

विराटचोकः देशका ७५३ स्थानीय तहमध्ये अझै पनि एउटा पालिकामा कुनै पनि वाणिज्य बैंकको शाखा बिस्तार भएको छैन । बझाङ जिल्लाको साइपाल गाउँपालिका वाणिज्य बैंक नपुगेको नेपालको एक्लो पालिका हो ।

सडक, सञ्चार, सुरक्षालगायतका पूर्वाधार स्थानीयस्तरसम्म उपलब्ध नभएको कारण देखाउँदै बैंकहरुले शाखा विस्तार गर्न आनाकानी गरेका हुन् । नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएको ६ वर्ष हुँदा पनि उक्त गाउँपालिकामा भने बैंकको शाखा खुल्न सकेको छैन । देश संघीय संरचनामा गएपछि गठन भएका ७५३ स्थानीय तहमा आर्थिक वर्ष २०७४–७५ को असार मसान्तभित्र आफ्नो शाखा खोल्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंकहरुले तदारुकता पनि देखाए । बैंकहरुले स्थानीय तहमा भागबण्डा नै गरेर शाखा विस्तार अगाडि बढाए ।

राष्ट्र बैंकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा पुर्याउने जिम्मा एभरेष्ट बैंकलाई तोकेको थियो । तर सडक, सञ्चार, सुरक्षालगायतका पूर्वाधार स्थानीयस्तरसम्म उपलब्ध नभएसम्म त्यहाँ शाखा स्थापना गर्न नसक्ने भन्दै एभरेष्ट बैंकले शाखा स्थापना गर्न आनकानी गर्दै आइको छ ।

नेपाल राष्ट्र बैंकको फागुन मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त कम्पनीहरुले ११ हजार ५९४ शाखा विस्तार गरेका छन् । जसमध्ये वाणिज्य बैंकका ५ हजार ४१ शाखा र लघुवित्तका ५ हजार १३० शाखा विस्तार भएका छन् । विकास बैंकका १ हजार १३५ र फाइनान्स कम्पनीका २८८ वटा शाखा विस्तार भएका छन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments