इटहरीः सुनसरीको ईटहरी उप–महानगरपालिका–२ शान्तिझोडामा धारिलो हतियार प्रहारबाट एक जना महिलाको मृत्यु भएको छ ।
सोमबार दिउँसो २ बजे स्थानीय ६५ वर्षीया मधुमाया पुरीलाई आफ्नै घर नजिक रहेको गाई गोठमा काम गर्दै गरेको अवस्थामा सोही स्थानमा बस्ने ४० वर्षीय सन्तोष राईले पछाडिबाट खुकुरी टाउकोमा प्रहार गर्दा पुरी गम्भीर घाईते भएकी थिइन् । उनलाई उपचारको लागि तरहरा सामुदायिक हस्पिटल तरहरामा सामान्य उपचार गरी थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले खुकुरी प्रहार गर्ने राईलाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको सो कार्यालयले जनाएको छ ।