Tuesday, December 24, 2024
Homeपर्यटनआजदेखि ३ दिनसम्म पाँचथरको फालेलुङमा सातौँ चौंरी महोत्सव

आजदेखि ३ दिनसम्म पाँचथरको फालेलुङमा सातौँ चौंरी महोत्सव

फिदिमः समुद्र सतहदेखि ३ हजार ४ सय मिटर उचाइमा रहेको पाँचथरको फालेलुङ गाँउपालिकाको चाररातेमा आजदेखि तीन दिवसीय चौंरी महोत्सव आयोजना हुँदै छ ।

भारतसँग सिमाना जोडिएको सुन्दर प्राकृतिक गन्तव्य चाररातेमा पाँचथर र ताप्लेजुङका विभिन्न क्षेत्रबाट चौंरी भेला गरेर महोत्सव गर्न लागिएको हो । महोत्सवको मुख्य कार्यक्रम भोलि हुनेछ ।

महोत्सवमा चौंरी प्रदर्शनी, चौंरीजन्य उत्पादनको खानपान, भौगोलिक अवस्थाको अवलोकन, याक चौंरीमा आधारित विभिन्न खेलकुद, क्रस बोर्डर टुरिजम सांस्कृतिक कार्यक्रमलगायतका विविध क्रियाकलाप सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महोत्सव फालेलुङ गाँउपालिका, कञ्चनजंघा पर्यापर्यटन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजंघा चौरी पालन संरक्षण संस्थाले आयोजना गर्न लागेका हुन् । सूर्योदय युवा क्लबले व्यवस्थापनमा सहयोग गर्ने तथा नेपाल पर्यटन बोर्ड, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पत्रकार महासंघ पाँचथर लगायतका संस्थाहरुले प्रवर्द्धन गर्ने गरी महोत्सव तय गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments