Tuesday, December 24, 2024
Homeफिचरफेसबुक स्टाटसपछि शुरु भएको विवादले उग्र रुप लिँदा सुनसरीका ५ पालिकामा कर्फ्यु

फेसबुक स्टाटसपछि शुरु भएको विवादले उग्र रुप लिँदा सुनसरीका ५ पालिकामा कर्फ्यु

इनरुवाः सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसपछि विवाद बढ्दै जाँदा सुनसरीका ५ वटा पालिकामा कर्फ्यु जारी गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

सुनसरीको हरिनगराका जीवन मेहताले फेसबुकमा पोस्ट गरेको स्टाटसलाई लिएर विवाद चुलिएको थियो । मेहता बिहीबार बहिनीलाई लिन बालकृष्ण मावि हरिनगरा १ भुटाहा पुग्दा सोही स्टाटसको विषयलाई लिएर उनीमाथि कुटपिट भएको थियो । मेहताको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बिहीबारको सो घटनापछि आज भएको दुई पक्षीय विवादले द्वन्द्वको रूप लिएपछि दिउँसो १२ बजेदेखि प्रशासनले देवानगञ्ज गाउँपालिकाको वडा नम्बर १ र ७ तथा हरिनगर गाउँपालिकाभर कर्फ्यु आदेश जारी गरेको थियो । अहिले साँझ ५ बजेदेखि इनरुवा, हरिनगर, देवानगञ्ज, भोक्राहा र कोशी गाउँपालिकामा कर्फ्यु आदेश जारी गरिएको छ ।

दिउँसो भएको झडपको क्रममा पुरानो हरिनगरा गाउँपालिकाको कार्यालयमा क्षति पुगेको छ । प्रहरीले झडप नियन्त्रणमा लिन हवाई फायर गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments