काठमाडौंः साहित्यकार परशु प्रधानको सोमबार राति काठमाडौंको नयाँबानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा निधन भएको छ ।
२००० सालमा भोजपुरमा जन्मिनुभएका प्रधानलाई नेपालमा पुस्तकविमोचनको संस्कृति भित्राउने श्रेय पनि जान्छ । २०३४ सालमा प्रकाशित ऋषिराज बरालको पहिलो उपन्यास ‘भावना’ बागबजारको राम दाइको भट्टीमा विमोचन गरेर विमोचन संस्कृतिको आरम्भ भएको बताइन्छ ।
उहाँका रचना अंग्रेजी, जापानी, बंगाली लगायतका भाषामा पनि छापिएका छन् । कविता लेखेर साहित्यमा प्रवेश गर्नुभएका उहाँका १३ वटा कथा संग्रह प्रकाशित भएका छन् ।