काठमाडौंः सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनी कपिलबस्तुबाट पक्राउ परेका हुन् ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिश गरेको थियो ।
हिजो गृहमन्त्री रबि लामिछानेले सुन तस्करीसँग जोडिएकालाई कारवाही गर्न निर्देशन दिएका थिए । उनका छोरा राहुल महरा पनि सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
सुन तस्करी प्रकरणमै पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि पक्राउ परिसकेका छन् ।