विराटचोकः सुन्दरहरैंचाका १२ जना महिला अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार सम्मानित भएका छन् । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रत्येक वडाबाट छनोट भएका श्रमिक महिलालाई नगरले सम्मान गरेको हो ।
नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चौधरीलगायतले उहाँहरुलाई दोसल्ला ओढाएर नगद २ हजार ५ सय र प्रमाणपत्रद्वारा सम्मान गर्नुभएको हो ।
सम्मानित हुनेमा धनकुमारी चौधरी, सन्जना पाण्डे चिमोरिया, बबिता लिम्बू, चन्द्रकला श्रेष्ठ, गीता बजगाई ढकाल, रूपा थापा, लीलामाया दर्जी, यामकला सुनार, पार्वती उराव, आशा श्रेष्ठ, मीना बोहोरा थापा र देवकुमारी दाहाल रहेका छन् ।