Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिशिवपाञ्चायन मन्दिर सुन्दरहरैंचामा कैलाश पर्वत र मानसरोवर

शिवपाञ्चायन मन्दिर सुन्दरहरैंचामा कैलाश पर्वत र मानसरोवर

गोठगाउँः सुन्दरहरैंचा ७ मा रहेको शिवपाञ्चायन मन्दिर परिसरमा निर्मित कैलाशपर्वतमा ध्यानमग्न शिवको मूर्ति र मानसरोवरको शिवरात्री पर्वको अवसर पारेर अनावरण गरिएको छ ।

नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले मूर्तिको अनावरण गर्नुभएको हो । सो कार्यक्रममा बोल्दै मूर्ति अनावरण कार्यक्रमका प्रमुख अतिथि देवाचार्यले मानिसले शिवलाई बुझ्न नसकेको बताउनुभयो । अज्ञानरुपी रात्रीमा शिवरुपी तेजोमय कल्याण उद्य भएको रात्रीको नाम नै शिवरात्री भएको उहाँले आफ्नो आधा घण्टा लामो मन्तव्यको क्रममा बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँ रहनुभएको थियो । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगर, कार्यपालिका सदस्य सीतादेवी अधिकारी, वडा सदस्यहरु खुशीलाल चौधरी, मीन गुरुङ र शारदा विश्वकर्मा, विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु र स्थानीयको बाक्लो उपस्थिति कार्यक्रममा रहेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments