लेटाङः लेटाङ नगरपालिकाको चालु आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाई बिहीबार सम्पन्न भएको छ । जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्राङ्गणमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।
सुकुना मिडिया एण्ड सर्भिस प्रालिको सहजीकरणमा भएको सार्वजनिक सुनुवाइमा नगरपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख र कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा स्थानीयवासीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगरवासीले उठाएका जिज्ञासाको नगरप्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी पोखरेल निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेलगायतले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, स्थानीयवासी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी रेवतीरमण निरौलाले गर्नुभएको थियो ।