विराटचोकः सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जानकारी गराएको छ ।
सिंगटी हाइड्रोले फागुन २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता शेयर बिक्री खुला गरेको हो । जसअनुसार १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रदका लागि पुस २२ गते बुक क्लोज गरेको थियो ।
सम्बन्धित समाचारः
सिँगटी हाइड्रोको हकप्रदमा खुल्यो आवेदन
सिँगटी हाइड्रोपावरको शेयर मूल्य समायोजन
सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद शेयरको हकदार बन्न भोलिसम्म शेयर किन्नुपर्ने