Tuesday, December 24, 2024
Homeफिचरअपर तामाकोशीको लिलामी शेयर भरेको पैसा अझै फिर्ता नआएको भए यी दुई...

अपर तामाकोशीको लिलामी शेयर भरेको पैसा अझै फिर्ता नआएको भए यी दुई उपाय अपनाउन सकिने

काठमाडौंः अपर तामाकोशी हाइड्रोपावरको लिलामी शेयर भर्दा शेयर बाँडफाँडमा नपरेको रकम हालसम्म पनि फिर्ता नपाउने लगानीकर्ता शिलबन्दी पेश गरेकै स्थानमा जानुपर्ने भएको छ । यो व्यवस्था काठमाडौं उपत्यकाबाट आवेदन दिने लगानीकर्तालाई लागू हुने कम्पनीले जनाएको छ ।

नागरिक लगानी कोषमा आवेदन बुझाएकाहरुले कोषको भवन नयाँ बानेश्वर, लक्ष्मी सनराइज क्यापिटलमा आवेदन बुझाएकाहरु यसको कार्यालय कमलपोखरीबाट चेक लिनुपर्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले आज फागुन १६ गतेदेखि चेक फिर्ता लिन सक्नेछन् ।

काठमाडौं उपत्यका बाहिरबाट आवेदन बुझाएकाहरुले ०१५९७००६४ मा सम्पर्क गरी आफ्नो बैंक खता नम्बरलगायतको विवरणहरु अध्यावधिक गराएपछि पुनः आइपीएसमार्फत् रकम भुक्तानी हुने कम्पनीले जनाएको छ । आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खाता विवरण नम्बर नमिलेकाले आइपीएसमार्फत् रकम फिर्ता गर्न नसकेको कम्पनीले जनाएको छ ।

अपर तामाकोशीको १ करोड ७० लाख कित्ता शेयर आयो लिलामीमा

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments