सुन्दरहरैंचाः गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको अपर तामाकोशी हाइड्रोपावरको सबै शेयर सो समयमा बिक्री भएन । सर्वसाधारण समूहलाई छुट्याइएको ५ करोड १८ लाख १९ हजार कित्ता शेयरमध्ये ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्तामा मात्र आवेदन परेको थियो । बाँकीशेयर कम्पनीले शुक्रबारदेखि लिलामीमा ल्याएको हो ।
हाइड्रोपावरले पुस १३ गतेदेखि १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । सो लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद पुस २९ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गर्ने भएका छन् ।
दोस्रो बजारमा सो कम्पनीको शेयरमूल्य बिहीबार २०४ रुपैयाँ ५० पैसा रहेको छ ।