Tuesday, December 24, 2024
Homeअर्थसुन्दरहरैँचाले शुरु गर्याे व्यवसाय दर्ता तथा नवीकरण अभियान

सुन्दरहरैँचाले शुरु गर्याे व्यवसाय दर्ता तथा नवीकरण अभियान

बलियाः सुन्दरहरैँचा नगरपालिकाले व्यवसाय दर्ता तथा नवीकरण अभियान शुरु गरेको छ । सोमबार नगरपालिकाको वडा नम्बर ४ बलियामा अभियानको शुरुवात नगरप्रमुख केदारप्रसाद गुरागाईले गर्नुभयो ।

नगरपालिकाभित्र सञ्चालनमा रहेका तर दर्ता नभएका व्यवसायलाई सहजताका लागि घरमै पुगेर सेवा दिने उद्देश्यले अभियान सञ्चालन गरेको उहाँको भनाइ थियो । पसलमै पुगेर व्यवसायीलाई दर्ता प्रमाणपत्र दिइएको थियो ।

अभियानमा वडा नम्बर ४ का वडाध्यक्ष कैलाश बस्नेत, सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनप्रसाद ढुंगाना, कार्यपालिका सदस्य दुर्गा पोख्रेल, वडा सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाका राजस्व शाखा प्रमुख राजन रेग्मीका अनुसार पहिलो दिन १५ वटा नयाँ व्यवसाय दर्ता र २ वटा नवीकरण भएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments