काठमाडौंः फ्रान्सको पासपोर्ट विश्वकै शक्तिशाली पासपोर्ट बन्न सफल भएको छ । हेन्ले पासपोर्ट इन्डेक्स २०२४ का अनुसार फ्रान्सको पासपोर्ट विश्वको शक्तिशाली पासपार्ट बनेको हो ।
फ्रान्ससँगै शक्तिशाली पासपोर्टको अग्रस्थानमा जर्मनी, इटली, जापान, सिंगाुपर र स्पेनको पासपोर्ट रहेका छन् ।
हेन्लेले १९९ देशका पासपोर्टको सूची सार्वजनिक गरेको छ । जसमा नेपालको पासपोर्ट १०३ औँ स्थानमा रहेको छ । नेपालको पासपोर्ट विश्वका शीर्ष १० कमजोर पासपोर्टको सूचीमा परेको छ ।
भारतको पासपोर्ट एक स्थान तल खस्दै ८६ औं स्थानमा पुगेको छ । यस्तै पाकिस्तानको पासपोर्ट १०६ औं स्थानमा, बंगलादेश १०२ र माल्दिभ्सको पासपोर्ट ५८ औं स्थानमा छन् ।
उत्तर कोरिया र बंगलादेशको पासपोर्ट नेपालभन्दा एक स्थानमा माथि १०२ औं स्थानमा रहेका छन् ।
सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ । त्यसपछि सिरिया, इरान, पाकिस्तान, यमन, सोमालिया, प्यालेस्टाइन र नेपालको पासपोर्ट कमजोर सूचीमा रहेका छन् । नेपालको पासपोर्ट ७ वटा देशको पासपोर्ट भन्दा मात्रै शक्तिशाली देखिएको छ ।
फ्रान्सको पासपोर्टले १९४ वटा देशमा निःशुल्क भिसा प्रवेश पाइन्छ ।