काठमाडौंः अब नेपालीहरुले भारतीय सिमकार्ड चलाउन पाउने भएका छन् । भारतका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्माका अनुसार भारतीय सञ्चार मन्त्रालयले जारी गरेको सूचनामा सोसम्बन्धी जानकारी दिइएको छ ।
अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सिमकार्ड लिएर भारत भ्रमण गर्न सक्नेछन् । १ महिना वा ३ महिनाका लागि मात्रै चल्ने त्यस्ता सिमबाट भारतभित्र मात्रै सम्पर्क हुने बताइएको छ ।
नेपालको पटकपटकको अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालय नेपालीलाई भारतीय सिम दिन तयार भएको राजदूत डा. शर्माले जनाएका छन् ।