Tuesday, December 24, 2024
Homeफिचरशेयर बजारबाट माघमा ९७ करोड २० लाख लाभकर सङ्कलन

शेयर बजारबाट माघमा ९७ करोड २० लाख लाभकर सङ्कलन

काठमाडौंः सरकारले माघ महिनामा शेयर बजारबाट ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर पाएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको माघमा उठेको पूँजीगत लाभकर सबैभन्दा धेरै हो ।

लगानीकर्ताले डिम्याट खातामा ३६५ दिनभन्दा कम समयमा शेयर बेच्दा नाफामा साढे ७ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । ३६५ दिनभन्दा बढी अवधि राखेर बिक्री गर्दा नाफामा ५ प्रतिशत कर तिर्नुपर्छ ।

माघमा उठेको पूँजीगत लाभकरमध्ये १६ करोड ३१ लाख ५७ हजार रुपैयाँ दीर्घकालीन लगानीकर्ताले तिरेको रकम हो । अल्पकालीन लगानीकर्ताबाट ५२ करोड ४४ लाख ७२ हजार रुपैयाँ पूँजीगत लाभकर उठेको छ ।

त्यस्तै, ४ करोड ६५ लाख ४१ हजार रुपैयाँ भने संस्थागत लगानीकर्ताबाट संकलन भएको पूँजीगत लाभकर भएको बताइएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments