विराटचोकः आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो ।
स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
नेपालमा विक्रम संवत् २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण शुरु भए पनि औपचारिक रुपमा भने २००७ सालदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो ।
विश्वमा व्यावसायिक रुपमा रेडियो प्रशारण शुरु भएको सय वर्ष पूरा भएको छ ।