विराटचोकः सर्वाेच्च अदालतले हालै अन्तरिम आदेश जारी गर्दै फागुन १ गतेको जनयुद्ध दिवसको सार्वजनिक बिदा तत्काल कायम नगर्न आदेश दिएपछि भोलि फागुन १ गते सार्वजनिक बिदा नहुने गृह मन्त्रालयले जनाएको छ ।
आज एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले मंगलबार सार्वजनिक बिदा नरहेको जानकारी दिएको हो । विज्ञप्तिामा ‘२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ,’ उल्लेख गरिएको छ ।
सर्वोच्च अदालतले यही माघ २३ गते सूचना जारी गर्दै जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा नदिन अन्तरिम आदेश दिएको थियो ।
यस्तो छ सर्वाेच्चको सूचनाः