विराटचोकः मौद्रिक नीतिको समीक्षाको पूर्वसन्ध्यामा माघको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज २१०० को बिन्दुमा अडिएको छ । सोमबार नेप्से परिसूचक १५ दशमलव ३३ अंक अर्थात ० दशमलव ७३ प्रतिशतले बढेर २ हजार १०१ दशमलव १६ बिन्दुमा अडिएको हो ।
सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ३३ प्रतिशतले बढेको दिन ३१४ वटा कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता शेयर ७५ हजार १०५ पटक किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँको कारोबार भएको छ ।
सोमबार अन्य समूहबाहेक सबै समूहमा हरियाली छाउँदा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै बढेको छ । अन्य समूह ० दशलमव ०५ प्रतिशतले घटेको छ ।
सोमबार पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक अर्थात् २३ करोड २ लाख ३५ हजार ४४९ रुपैयाँको शेयर किनबेच भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर, एनआईसी एशिया बैंक, नेपाल इन्स्यारेन्स र सोनापुर मिनरल्स उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त, कुथेली बुखरी स्मल हाईड्रो, चिरख्वा हाईड्रो र बलेफी हाईड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
इमर्जिङ नेपालको शेयरमूल्य सर्वाधिक ३ दशलमव ८६ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड १८ लाख ७ हजार ९०२ रुपैयाँ कायम भएको छ ।