Sunday, November 1, 2026
Homeधर्म र संस्कृतिमुक्तिनाथबाट शुरु भएको मेची–महाकाली रथयात्रा आइपुग्यो इटहरीमा, आज बिहान साढे ८ बजे...

मुक्तिनाथबाट शुरु भएको मेची–महाकाली रथयात्रा आइपुग्यो इटहरीमा, आज बिहान साढे ८ बजे सुन्दरहरैंचा प्रवेश गर्ने

इटहरीः कात्तिक ८ गते नेपालको प्रसिद्ध मुक्तिनाथ मन्दिर (मुस्ताङ) बाट शुरु भएको मेची–महाकाली राष्ट्रव्यापी मुक्तिनाथ रथयात्रा शनिबार इटहरी आइपुगेको छ ।

मुक्तिनाथ बाबाको संकल्पअनुसार शुरु गरिएको रथयात्राले देशको पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर र आश्रमलाई एक सूत्रमा जोड्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

रथयात्रा इटहरी आइपुग्दा ठूलो संख्यामा धर्मावलम्बीले स्वागत गर्दै पूजाआजा गरेका थिए ।

स्वागत समारोहमा इटहरीका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिको समेत उपस्थिति थियो ।

रथमा आएको समस्याका कारण हिजो ढिलो रथयात्रा शुरु भई इटहरीसम्ममात्र आइपुगेको हो । तालिकाअनुसार रथयात्रा हिजै विराटचोक, बेलबारी, लेटाङ, पथरी, उर्लाबारी, दमक, झिलझिले हुँदै गोवद्र्धधन गौशालामा विश्राम गर्ने कार्यतालिका थियो ।

आयोजकका अनुसार रथयात्रा आज बिहान साढे ८ बजे इटहरीबाट मोरङको सुन्दरहरैंचामा प्रवेश गर्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments