विराटनगरः कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदको दुरुपयोग गरेको आरोप लागेपछि मंगलबार राजीनामा दिएका छन् ।
उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन् ।
अतिरिक्त भत्ता बुझेको र अदालतको आदेशविपरीत कर्मचारी बढुवा सिफारिस गरेको विवादपछि आयोगको निष्पक्षतामाथि प्रश्न उठेको थियो ।
उनको राजीनामा स्वीकृत हुन बाँकी रहेको बताइएको छ ।
उनी २०८१ असार २३ गते नियुक्त भएका थिए । नेपाल सरकारका पूर्वसचिवसमेत रहेका उनको पदावधि ६ वर्षको थियो ।





