काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ शुरु गरेको छ ।
अहिले ५ बजे शुरु भएको खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ रोजेको हो ।
त्रिवि क्रिकेट मैदानमा कर्णालीविरुद्ध जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
आज भएको पहिलो खेलमा विराटनगर किंग्सलाई चितवन राइनोजले ८ रनले जितेको थियो ।
हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्सले सुदूर पश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो ।





