Sunday, September 13, 2026
Homeपर्यटननेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि दरखास्त आह्वान

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि दरखास्त आह्वान

विराटचोकः नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख पदमा योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ । बोर्डले कार्यकारी प्रमुखको रिक्त पदपूर्तिको लागि सूचना प्रकाशन गरी आवेदन माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले दश दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित आवेदन दिन सक्नेछन् । दरखास्त दिने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा लगत्तै कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त पेश गर्न सकिने जनाइएको छ ।

उम्मेद्वार हुनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पर्यटन क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएको हुनुपर्नेछ ।

दरखास्त फारम तथा कागजातहरू नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंस्थित कार्यकारी प्रमुखको सचिवालयमा बुझाउन सकिने जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments