विराटचोकः बडा दशैंको समापनसँगै आजबाट कार्तिक स्नान प्रारम्भ भएको छ । आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राती जाग्राम बसेसँगै औपचाररिक रुपमा बडा दशैंको समापन भएको छ ।
दशैंको समापनसँगै आजदेखि सन्ध्याकालमा घरघरमा आकाशदीप प्रज्ज्वलन गरेर जाग्राम बसे लक्ष्मी माता त्यो घरमा धनधान्य र ऐश्वर्यका साथ प्रवेश गर्ने धार्मिक मान्यता छ ।
लक्ष्मीपूजा भन्दा ठीक १५ दिनअघिदेखि लक्ष्मीको आराधना गरिन्छ ।
तुलसाको मोठछेउमा बाँसको लामो लिंगो गाडेर त्यसको टुप्पामा बाकसजस्तो बनाएर त्यहाँ बत्ती बालिन्छ । जसलाई आकाशदीप भनिन्छ । यी बत्तीहरु श्री हरिको समर्पणमा बालिन्छ ।





