काठमाडौंः नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा गगनकुमार थापा सभापति पदमा निर्वाचित भएका छन् ।
हिजो सम्पन्न निर्वाचनको मत परिणामअनुसार सभापति थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ । थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ । ५४ मत बदर भएको थियो ।
७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए ।
कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत ल्याउँदा खड्गीले ५.३५ प्रतिशत मत ल्याउनुभएको छ । ०.७७ प्रतिशत मत बदर भएको छ ।
थापा अघिल्लो महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएको थियो ।
गत वर्ष भएको विशेष महाधिवेशनका प्रतिनिधिले थापालाई सभापति चयन गरेका थिए । त्यसको ९ महिनामा नियमित महाधिवेशन भएको हो ।





