Saturday, October 10, 2026
Homeराजनीतिकांग्रेस महाधिवेशमा सभापतिको मतपत्रको लिस्टिङ सम्पन्न ४३ मत बदर

कांग्रेस महाधिवेशमा सभापतिको मतपत्रको लिस्टिङ सम्पन्न ४३ मत बदर

काठमाडौंः नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएपछि सभापति पदको मतगणना भइरहेको छ ।

कांग्रेसमा ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । तीमध्ये सभापति पदमा ४३ मत बदर भएको छ ।

अहिले जम्मा मतगणना जारी छ । प्रारम्भिक मत सार्वजनिक भएको छैन । कांग्रेस सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिष्पर्धा भएको थियो ।

सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा भइरहेको छ । सभापति बाहेकको पदका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ ।

मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments