दुलारीः नेपाल विद्यार्थी संघको सुन्दरहरैंचा नगर सहसचिव बनेर राजनीतिमा पदीय जिम्मेवारी वहन गर्दै नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मको यात्रा तय गरेका सुन्दरहरैंचाका मदन भण्डारी भर्खर २४ वर्ष पुगेका छन् ।
सुकुना बहुमुखी क्याम्पसको नेविसंघ इकाई सचिव हुँदै स्ववियु सदस्य समेत बनेका भण्डारी नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनअन्तर्गत युवा क्लस्टरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय भण्डारी क्विक भोलेन्टियर सुन्दरहरैंचाको नगर सचिव, नगर बाल सञ्जाल सुन्दरहरैंचाको अध्यक्ष, लियो क्लब अफ बाँसबारीको संस्थापक अध्यक्ष तथा योगदान राष्ट्रका लागि मोरङ जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् । व्यवस्थापन संकायबाट स्नातक उत्तीर्ण भण्डारी हाल सुकुना बहुमुखी क्याम्पसमा स्नातकोत्तर दोस्रो सेमेस्टरमा अध्ययनरत छन् ।
राजनीतिक संगठन र सामाजिक अभियानमा निरन्तर सक्रिय रहँदै आएका भण्डारीले २४ वर्षकै उमेरमा कांग्रेसको महाधिवेशन प्रतिनिधिको जिम्मेवारी पाएका हुन् ।





