Sunday, September 27, 2026
Homeफिचरइटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला

इटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला

इटहरीः पढाइ सकेर रोजगारीको खोजीमा रहेका युवा तथा आफ्नो सीपलाई आम्दानीसँग जोड्न चाहनेहरूलाई लक्षित गर्दै इटहरीमा सीप तथा रोजगार मेला आयोजना हुने भएको छ । मेला यही असोज १४ देखि २० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

युवा तथा रोजगार मन्त्रालयको आयोजनामा हुने मेलामा सहभागीले विभिन्न सीपमूलक तालिम, रोजगारदातासँग प्रत्यक्ष भेटघाट तथा रोजगारीका नयाँ अवसरबारे जानकारी लिन सक्ने आयोजकले जनाएको छ । मेलामा ६५ वटा स्टल रहनेछन्, जहाँ विभिन्न क्षेत्रका सीप र ज्ञानसम्बन्धी अवसर उपलब्ध हुनेछन् ।

मेलामा डिजिटल तथा व्यवसायिक क्षेत्रअन्तर्गत उद्यमशीलता विकास, आधारभूत लेखा, एआई तथा डिजिटल मार्केटिङ सम्बन्धी जानकारी र सीप सिक्ने अवसर हुनेछ । त्यस्तै, हस्पिटालिटी तथा सेवा क्षेत्रमा ग्राहक सेवा, बारिष्टा, कुक, वेटर तथा सञ्चार कला सम्बन्धी सीप सिकाइनेछ ।

प्राविधिक तथा घरेलु सीपतर्फ सिटी सफारी तथा विद्युतीय सवारी मर्मत, एसी मर्मत, मेकअप तथा नेल आर्ट र अचार बनाउने लगायतका तालिम तथा जानकारी उपलब्ध गराइनेछ । मेलामा सहभागीलाई बायोडाटा बनाउन सहयोग तथा प्रेरणादायी वक्ताबाट उत्प्रेरणात्मक प्रस्तुति सुन्ने अवसरसमेत रहने भएको छ ।

आयोजकका अनुसार मेलाको उद्देश्य युवाको सीपलाई रोजगारी र उद्यमशीलतासँग जोड्दै स्थानीयस्तरमै अवसरको खोजी गर्ने वातावरण सिर्जना गर्नु हो ।

‘सीप तपाईंको, अवसर हाम्रो र विकास हामी सबैको’ भन्ने अवधारणासहित आयोजना हुने मेलाको मूल सन्देश ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ रहेको छ । मेलामा सहभागी भई आफ्नो भविष्यलाई नयाँ दिशा दिन आयोजकले युवालगायत इच्छुक सबैलाई आयोजकले आह्वान गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments