Friday, September 25, 2026
Homeअर्थसामान्य सुधार भएर यो हप्ताका लागि बन्द भयो शेयर बजार

सामान्य सुधार भएर यो हप्ताका लागि बन्द भयो शेयर बजार

विराटचोकः आज शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ बिन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर ५१ हजार ७१६ पटक किनबेच हुँदा ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ रुपैयाँको शेयर किनबेच भएको छ ।

बढेको बजारमा निर्जीवन बीमा समूह ०.३३ प्रतिशतले घटेबाहेक सबै समूहका सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.८३ प्रतिशतले बढेको छ

ढेको बजारमा नेपाल ल्युब आयलको शेयरभाउ सर्वाधिक अर्थात् १२.४७ प्रतिशतले बढेको छ । बजार बढे पनि मिड सोलु हाइड्रोपावरको शेयरभाउ ११.५८ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब २३ अर्ब ६१ करोड ७२ लाख ६२ हजार १९७ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments