Monday, September 21, 2026
Homeफिचरडिजिटल क्वीज सिजन–१ मा सगरमाथा हिमाल दर्शन पहिलो, ज्ञानज्योति दोस्रो

डिजिटल क्वीज सिजन–१ मा सगरमाथा हिमाल दर्शन पहिलो, ज्ञानज्योति दोस्रो

विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलो पटक आइतबार सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्वीज सिजन–१’ मा सगरमाथा हिमाल दर्शन पहिलो भएको छ ।

नगरका २३ विद्यालय सहभागी प्रतियोगिता डिजिटल प्रविधिमार्फत् सञ्चालन गरिएको थियो । प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल १३५ अंकसहित प्रथम, ज्ञानज्योति १३० अंकसहित दोस्रो भएका हुन् । प्रभात किरण र बाल सदनले समान ९५ अंक प्राप्त गरेपछि निर्णायक चरणबाट प्रभात किरण तेस्रो र बाल सदन चौथो भएका थिए ।

विजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

शनिबार नेपाल कम्प्युटर सेन्टरले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा पनि सगरमाथा हिमाल दर्शन पहिलो र ज्ञानज्योति दोस्रो भएका थिए ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments