विराटचोकः आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार १०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको छ ।
आज चाँदी प्रतितोला ४ हजार ७९५ रुपैयाँमा किनबेच भएको छ ।





