Sunday, September 20, 2026
Homeफिचरशेखर कोइरालाको क्षेत्र मोरङ ६ मा क्रियाशील सदस्यताको सूची नआएपछि हुन सकेन...

शेखर कोइरालाको क्षेत्र मोरङ ६ मा क्रियाशील सदस्यताको सूची नआएपछि हुन सकेन कांग्रेसको वडा अधिवेशन

विराटचोकः हिजोदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत देशभर वडा अधिवेशन शुरु भए पनि मोरङ क्षेत्र नम्बर ६ का वडाहरूमा भने अधिवेशन हुन सकेन ।

कांग्रेस नेता डा. शेखर कोइराला र सहमहामन्त्री डिला संग्रौलाको गृहक्षेत्र मोरङको क्षेत्र नम्बर ६ मा केन्द्रले क्रियाशील सदस्यको नामावली नपठाएकाले अधिवेशन हुन नसकेको हो ।

अधिवेशन गराउने जिम्मेवारी पाएका कांग्रेस नेता चुमनारायण तबदारले केन्द्रबाट क्रियाशील सदस्यहरूको अन्तिम सूची प्राप्त भएपछि निर्वाचन कार्यक्रम अघि बढ्ने बताउनुभएको छ ।

क्षेत्रीय सभापति देवराज तामाङले केन्द्रीय नेतृत्वलाई असहयोग गरेको भन्दै अधिवेशन गराउने जिम्मेवारी पूर्वसांसद तबदारलाई दिइएको थियो ।

कांग्रेसभित्र संस्थापन र इतर समूहले छुट्टाछुट्टै महाधिवेशन मिति तोकेपछि डा. शेखर कोइराला तटस्थ भूमिकामा बस्नुभएको छ । क्षेत्रीय सभापति तामाङले इतर समूहलाई सहयोग गरिरहनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments