Wednesday, September 16, 2026
Homeसमाचारबाँदरलाई हानेको गोली लागेर भाइको मृत्यु

बाँदरलाई हानेको गोली लागेर भाइको मृत्यु

खोटाङः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ को जंगलमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो साढे २ बजे जंगलमा बाँदर खेदाउने क्रममा ५४ वर्षीय भलबहादुर तामाङले चलाएको भरुवा बन्दुकको गोली लाग्दा उनकै काकाका छोरा ५३ वर्षीय श्यामबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

सो घटनाको सम्बन्धमा थप अनुसन्धानको लागि भलबहादुर तामाङलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments