काँकरभिट्टाः झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीको पहलेधापको धानखेतमा भाले हात्ती मृत अवस्थामा फेला परेको छ ।
सुकेनिन्दा खोलाको किनारमा रहेको धानखेतमा बुधबार बिहान स्थानीयले हात्ती मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ ।





