Monday, September 7, 2026
Homeअर्थवित्तपुष्पदर्शन साकोसको २० औँ वार्षिक साधारणसभा सम्पन्न

पुष्पदर्शन साकोसको २० औँ वार्षिक साधारणसभा सम्पन्न

विराटचोकः पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्थाको २० औँ वार्षिक साधारणसभा शनिबार इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष डोलेश्वर तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा ज्येष्ठ शेयर सदस्य आनन्दप्रसाद शाहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका सचिव ध्रुवप्रसाद दाहालले आर्थिक वर्ष २०८२÷०८३ को प्रगति विवरण तथा चालु आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

१ हजार ५ सय ७२ शेयर सदस्य रहेको संस्थाको शेयर रकम २ करोड १९ लाख ९७ हजार रुपैयाँ पुगेको छ । संस्थामा कुल बचत ९ करोड ४ लाख ५९ हजार ९ सय ९१ रुपैयाँ रहेको छ । त्यस्तै, कोषमा २ करोड १२ लाख ११ हजार १ सय ९७ रुपैयाँ र ऋण लगानी ९ करोड २० लाख ७८ हजार २ सय ५८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाका अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने शेयर सदस्य तथा सदस्यका सन्तानलाई सम्मान गरिएको थियो । उत्कृष्ट मासिक बचतकर्तातर्फ देवीमाया घिमिरेलाई सम्मान गरिएको छ । यसैगरी असल ऋणीतर्फ वीरेन्द्र थारू र रीता बुढाथोकी, बाल बचततर्फ लेहना दाहाल तथा ज्येष्ठ सदस्यतर्फ सुभद्रा मास्के र डिल्लीप्रसाद कोइरालालाई सम्मान गरिएको थियो ।

कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीतर्फ सौगात सुवेदी र प्रियाकुमारी गुप्तालाई सम्मान गरिएको थियो । उनीहरूलाई संस्थाका अध्यक्ष तिम्सिना र प्रमुख अतिथि शाहले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो ।

संस्थाकी उपाध्यक्ष पुष्पा तिम्सिनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments