Monday, August 24, 2026
Homeकला र साहित्यनझरेका फूलहरूको आयोजनामा भएको जनकवि दुर्गालाल श्रेष्ठ स्मृति साँझमा यसरी सम्झिए सर्जकहरूले

नझरेका फूलहरूको आयोजनामा भएको जनकवि दुर्गालाल श्रेष्ठ स्मृति साँझमा यसरी सम्झिए सर्जकहरूले

इटहरीः सुनसरीको इटहरीमा रहेको उत्सव होटलमा हिजो साँझ अलि फरक माहोल थियो । ८ दिन अघि दिवङ्गत हुनुभएका नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा श्रेष्ठले नै रचना गरेका कविता वाचन तथा गीत गायनको कार्यक्रम राखिएको थियो ।

‘नझरेका फूलहरू’को आयोजनामा भएको कार्यक्रममा ४ जना गायकले श्रेष्ठद्वारा रचित नेपाली तथा नेपाल भाषाका गीत गाउनुभएको थियो । १४ जना सर्जकले कवि श्रेष्ठका कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा गायक कृष्णाराजा श्रेष्ठले ‘नजिक आउनुमा…..’, बोलको गीत, गायक दुर्गा पराजुलीले ‘सयथरी बाजा एउटै ताल….’, बालगायक योग्यता घिमिरेले ‘फूलको आँखामा फूलै संसार…..’, र गीताप्रसाद श्रेष्ठले नेपाल भाषाको चर्चित गीत ‘राजमती कुमति……’ गाउनुभएको थियो ।

स्वर्गीय श्रेष्ठका रचनाहरू विभिन्न स्रष्टाले वाचन गर्नुभएको थियो । जसअन्तर्गत सर्जक मनु मञ्जिलले स्मृतिपत्र, हेमन यात्रीले दुई थोपा र चन्द्र गुरुङले सफल प्रहसन शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

देवान किराती र विवेक विवश रेग्मीले दुईदुई ओटा कविता वाचन गर्नुभएको थियो । किरातीले घरमुली र देख्दैछु शीर्षकका तथा रेग्मीले नक्कली मान्छे र प्रेम शीर्षकका कविता वाचन गर्नुभएको थियो ।

भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खाले संजोग, बेलबारी साहित्य विकास समितिका जे.बी. थुलुङले नेपाली आवाज, सर्जक तथा राजनीतिज्ञ मीना श्रेष्ठले फूल, कविता र म, किरण टी. लिम्बूले अन्तर्भाव र सञ्चारकर्मी खेमचन्द्र अधिकारीले प्रार्थना शीर्षकका कविता वाचन गर्नुभएको थियो ।

सर्जक शकुन्तला मञ्जरील बलिदानी वेग, पुष्पा शायराले यो घडी, नवीन क्षत्रीले नयाँ वर्ष र विनेश राई मिन्जाईले के गरुँ शीर्षकका रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन जेनिशा सुमन जुनईराले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments