काठमाडौंः नेपाल राष्ट्र बैंकको सुरपरीवेक्षण विभाग प्रमुखका रूपमा कार्यरत कार्यकारी निर्देशक दीर्घ रावल डेपुटी गभर्नर नियुक्त हुनुभएको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रावल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा वित्त विषयमा विद्यावारिधिका शोधार्थी हुुनुहुन्छ । उहाँले वित्तमा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए तथा समाजशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ ।
रावलले राष्ट्र बैंकमा २० वर्ष काम गरिसक्नुभएको छ ।





