Thursday, August 20, 2026
Homeसमाचारनिवृत्त राष्ट्रसेवक समाज सुन्दरहरैंचाको छैटौँ नगर अधिवेशनमा ‘सेवानिवृत्तहरूको संगालो’ सार्वजनिक

निवृत्त राष्ट्रसेवक समाज सुन्दरहरैंचाको छैटौँ नगर अधिवेशनमा ‘सेवानिवृत्तहरूको संगालो’ सार्वजनिक

सलकपुरः निवृत्त राष्ट्रसेवक समाज, नेपाल सुन्दरहरैंचा नगरसमितिको छैटौँ नगर अधिवेशनमा ‘सेवानिवृत्तहरूको संगालो’ पुस्तक सार्वजनिक गरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, न्यायसेवा तथा विभिन्न संघसंस्थाबाट सेवानिवृत्त राष्ट्रसेवकहरूको सहभागिता रहेको थियो ।

सो साधारणसभामा संस्थाका अध्यक्ष उमाकान्त चौलागाईंले नगर कार्यसमितिले आफ्नो कार्यकालमा गरेका विभिन्न गतिविधि तथा प्रगति विवरण प्रस्तुत गर्दै निवृत्त राष्ट्रसेवकहरूको ज्ञान, सीप र अनुभवलाई समाज तथा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सो पुस्तकमा सुन्दरहरैंचा क्षेत्रका विभिन्न सेवाबाट निवृत्त भएका व्यक्तिहरूका अनुभव, योगदान, परिचय तथा संस्मरणलाई समेटिएको जनाइएको छ ।

अधिवेशनका क्रममा संस्थाको आगामी कार्ययोजना, सङ्गठन सुदृढीकरण तथा निवृत्त राष्ट्रसेवकहरूबीच आपसी समन्वय र सहकार्यका विषयमा समेत छलफल गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments