Thursday, August 20, 2026
Homeराजनीति‘चिठ्ठामा रमाउने सरकार आँखा खोल’ भन्ने साजिदा खातुनको अभिव्यक्तिमा सांसद आशिका तामाङको...

‘चिठ्ठामा रमाउने सरकार आँखा खोल’ भन्ने साजिदा खातुनको अभिव्यक्तिमा सांसद आशिका तामाङको आपत्ति

विराटचोकः नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गरेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति गरेकी छिन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले सांसद सिद्धिकीले सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गरेकी थिइन् ।

‘राजनीति भनेको केवल शक्ति र सत्ता प्राप्त गर्नु मात्र होइन, चुनावमा होमिएर केवल जीतहार प्राप्त गर्नुमात्र पनि होइन । चुनावको माध्यमबाट सरकार चलाउनु पनि हो । होइन र सरकार ?’, सिद्धिकीले भनिन्, ‘नागरिकको असल र सुखी जीवन सुनिश्चित गर्नु हो । सार्वजनिक हितमा रहेर कार्य गर्नु यो सरकारको पहिलो दायित्व र पहिलो कर्तव्य पनि हो । सरकारले ल्याएको सय दिनमा गर्ने भनेर ल्याएको एक सय बुँदाको समीक्षा गर्नुहोस् । कति पास भयो ? कति फेल भयो ? जिम्मेवारी सरकारको हो । चिठ्ठामा रमाउने सरकार अब त आँखा खोल । जनातको पीडा बुझ्ने चमेली बन ।’

त्यसपछि रास्वपा सांसद तामाङले नियमापत्ति जनाउँदै आफूहरू चिठ्ठामा परेको नभई जनताबाट मनोनीत भएर आएको टिप्पणी गर्दै सांसद सिद्धिकीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने माग गरेकी थिइन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments